बाढीले तीन दिनमा साढे १ करोड बढीको नोक्सान – Kanika Khabar
Friday, May 10Nepali News Portal

बाढीले तीन दिनमा साढे १ करोड बढीको नोक्सान

    मा प्रकाशित

नवराज महतारा
साउन ९, हुम्ला ।
गएको तीन दिनदेखि लगातार परेको अविरल वर्षासँगैको बाढीले जिल्लाको अदानचुली गाउँपालिका मात्रै एक करोड ७८ लाख भन्दा बढीको क्षति पुर्याएको छ । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने अदानचुलीमा गएको बाढीले थोरै समयमा यती धेरै क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्यप्रसाद सुवेदीले जानकारी दिए । पछिल्लो पटक भएको वर्षासँगैको बाढीले अदानचुलीको मकैमा सबै भन्दा बढी क्षति पुगेको प्रहरी नायव उपरिक्षक सुवेदीले बताए ।
वर्षासँगै माथिबाट बगेर आएको लेदो सहितको बाढी घर भित्र पसेर अदानचुली ३ को मकैका विभिन्न व्यक्तिका आठ वटा घरमा बढी क्षति पुगेको हो । उनका अनुसार अदानचुली ३ का छत्र बुढाको दुई तले चार कोठे घर, वडा नम्बर २ का २ का हरिचन्द्र बुढाको ६ कोठे घर, हस्त बुढाको ५ कोठे घर, छक्क बुढाको ५ कोठे घर, चक्र बुढाको दुई तले ४ कोठे घर भत्काएको छ । यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष दत्त विष्टको २ कोठे घर, सुपारी नेपालीको २ तले ४ कोठे घर र वडा नम्बर १ का पन्न दानीको २ तले ५ कोठे, भत्काएको छ ।
यी आठवटै घर गरेर ४० लाख बराबरको क्षती पुगेको गल्फागाड प्रहरी चौकलाई उदृत गर्दै प्रहरी प्रमुख सुवेदीले जानकारी दिए । प्रहरी कार्यालयका अनुसार अदानचुली गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा रहेका ४३ वटा घर भत्किदा ४३ लाख बराबरको क्षती भएको छ । यस्तै वडा १, २, र ४ का ४३ घरधुरीले लगाएको अन्नबाली छोपेर २५ लाख बराबरको क्षती पुगेको छ । लगातार एक सातासम्म परेको वर्षा र त्यससँगै आएको बाढीले वडा १ र ३ का चार स्थानमा रहेका सिँचाई कुलो बाढीले बगाएपछि थप ५५ लाख बराबरको क्षति भएको पनि प्रहरीले जनाएको छ । बाढीले वडा १ र ३ मा रहेका खानेपानीका धारा समेत बगाएर लगेपछि १ लाख ५० हजारको क्षति पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्