थप एक सय ३३ जनामा कोरोना सङ्क्रमण – Kanika Khabar
Sunday, December 3Nepali News Portal

थप एक सय ३३ जनामा कोरोना सङ्क्रमण

    मा प्रकाशित

कनिका खबर
साउन ९, दाङ
सरकारले लकडाउन हटाएसँगै कोरोना सङ्क्रमितको संख्या हरेक दिन २२ देखि २५ प्रतिशतका दरले थपिइरहेको छ । पछिल्लो २४ घन्टामा गरिएको परिक्षणमा थप एक सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार नौ सय ८७ जनाको परीक्षण गर्दा एक सय ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म सङ्क्रमित हुनेको संख्या १८ हजार तीन सय ७४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सक्रिय सङ्क्रमित भने ५ हजार तीन सय ८३ रहेका छन् । कोरोना सङ्क्रमण मुक्त भई एक सय सात जना डिस्चार्ज भएका छन । हालसम्म सङ्क्रमण मुक्त हुनेको संङ्ख्या १२ हजार नौ सय ४७ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्