केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल – Kanika Khabar
Saturday, April 20Nepali News Portal

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल

    मा प्रकाशित

कनिका खबर
साउन ९, दाङ
नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज दुई घण्टा छलफल भएको छ । दुई अध्यक्षबीच बालुवाटारमा बिहान ११ बजेदेखि एक बजेसम्म छलफल भएको हो । पार्टीमा देखिएको विवाद समाधानका उपायबारे दुई अध्यक्षबीच छलफल भए पनि ठोस निर्णय भने भएको छैन ।

केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने विषयमा चुलिएको विवाद समाधान भइसकेको छैन । पछिल्लो समय अब महाधिवेशनपछि नेतृत्व फेर्ने कुरामा दुवै समूहबीच सहमति जुटेको बताइएका बेला ओली–दाहालबीच छलफल भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्