भारतमा कोरोना भाइरस सङ्क्रमणको दर दिन प्रतिदिन बढ्दै – Kanika Khabar
Friday, April 26Nepali News Portal

भारतमा कोरोना भाइरस सङ्क्रमणको दर दिन प्रतिदिन बढ्दै

    मा प्रकाशित

कनिका खबर
साउन ९,दाङ
भारतमा कोरोना भाइरस सङ्क्रमणको दर दिन प्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४९ हजार ३ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा एकैदिनमा यति धेरै व्यक्तिमा सङ्क्रमण देखिएको यो पहिलो पटक हो । योसँगै भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या १२ लाख ८७ हजार ९ सय ४५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट थप ७ सय ४० जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार ६ सय १ पुगेको छ ।

हिजो भारतमा ४५ हजार ७ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने एक हजार १ सय २९ जनाको मृत्यु भएको थियो । कोरोना पुष्टि भएकामध्ये ८ लाखभन्दा बढी निको भएका छन् । भारतमा कोरोना भाइरसबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । आज बिहानसम्म महाराष्ट्रमा संक्रमितको संख्या तीन लाख ४७ हजार ५ सय २ पुगेको छ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्