कमिसन वापतको रकम विकासमा लगाउन वडा अध्यक्षको निर्देशन – Kanika Khabar
Friday, March 29Nepali News Portal

कमिसन वापतको रकम विकासमा लगाउन वडा अध्यक्षको निर्देशन

    मा प्रकाशित

कपिल लामिछाने
साउन १० दाङ ।


तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले आर्थिक वर्ष २०७६र०७७ मा छुट्टाईएको ह्यूमपाईप खरिद शिर्षकको ४,२५,००० (चार लाख पच्चीस हजार) रकमको कमिसनबाट आएको रु ७५,००० (पचहत्तर हजार) विकासमा नै प्रयोग गरि जनप्रतिनिधिह?ले कमिसन खान्छन् काम गर्दैनन् भन्ने कुरालाई गलत साबित गरिदिएको छ ।
विभिन्न जनमूलक कामहरु गर्दै आएको तुलसीपुर वडा नं –१८ ले फेरि जनताहरुको लागी यो एउटा नयाँ कार्य गरेको हो । दाङकै कान्छा वडा अध्यक्ष माधव वलीले जनताहरुको मर्म र पीडालाई बुझ्दै गाउँ–गाउमा बिकास गर्ने र वडाबासीहरुलाई कसरी खुशी बनाउने भन्ने बारेमा नै दिनरात सोचिरहेको बताउदै ह्यूमपाइप खरिदबाट कमिसन आएको रकम ह्यूमपाईप खरिदमा नै लगाई गाउँ–गाउमा विकास गर्ने बताए ।
साबिकका ५ वटा वडाहरुको एकरुप तुलसीपुर वडा नं १८ ले यो बर्षपनि गतबर्ष झैँ विकासलाई गति दिदैँ विभिन्न योजनाहरु बनाईरहेको छ । युवा वडा अध्यक्ष वलीले ५ वर्षभित्र यस वडालाई नेपालकै नमुना वडा बनाउनका लागि आवश्यक गृहकार्य गर्दै आएका छन् । साथै उनले कमिसन तन्त्रको अन्त्य गर्नका लागि जनप्रतिनिधि र कर्मचारीले कुनै पनि आस र प्रलोभनमा नपरी कार्य गर्नुपर्ने र ¥याल काढेर बस्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने कुरामा जोड दिए । जनताहरुको पैसा जनताहरुको विकासका लागि लगाउनु पर्ने भन्दै रानीवन क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन र दाङलाई नै संसारभर चिनाउनका लागि यी र यस्ता धेरै कामहरु भईरहेको बताए ।
वडा नं १८ को मात्रै नभएर सम्पूर्ण दाङकै पक्षमा सकारात्मक कुराहरुलाई र विकासका कुराहरुलाई सम्पन्न गर्नका लागि आवाज उठाउँदै आएको बताए । यसरी कमिसन वाफत आएको रकम विकासमा नै लगाउदै जाने वडा अध्यक्ष वलीले प्रतिवद्धता व्यक्त गरे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्