६ केजी बढी लागु औषधसिहत ४ जना पक्राउ – Kanika Khabar
Friday, March 28Nepali News Portal

६ केजी बढी लागु औषधसिहत ४ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
साउन १०, दाङ ।
दाङमा ६ केजी ९६७ ग्राम लागुऔषधसहित ४ जना पक्राउ परेका छन् । साउन ८ गते दाङको भालुवाङस्थित एक होटलमा लागुऔषध कारोबार भइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले आज शनिबार पत्रकार सम्मेलन गरी पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको हो । साउन ८ गते राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ रातोडाँडास्थित सीता नगरकोटीको घरमा भाडा लिई नुवाकोटका मनोज पुडासैनीले सञ्चालन गरेको दक्षिणकाली सोल्टी होटलमा कारोबार भइरहेको बेला प्रहरीले पक्राउ गरेको बताएको छ ।
पक्राउ पर्नेहरुमा सुनछहारी गाउँपालिका वडा नं. २ बस्ने लालसिंह बि.क., हर्कबहादु्र घर्ती मगर र लालमन घर्तीमगर र सुनछहारी गाउँपालिका वडा नं. ५ बस्ने द्ज बहादुर रोका रहेका छन् । प्रहरीले उनीहरुको साथमा रहेको ६ केजी ९६७ ग्राम लागुऔषध अफिम पनि बरामद गरेको छ । साथै उनीहरुले प्रयोग गर्दै आएको दुई वटा मोटर साइकल र एउटा बोलेरो जिप पनि बरामद गरेको बताएको छ । उनीहरुलाई लागुऔषध मुद्दामा मुद्दा दर्ता गरी अदालतबाट १० दिनको म्याद थप गराई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्