नेपालमा कोरोना सङ्क्रमणपछि निको हुने दर बढ्यो – Kanika Khabar
Thursday, November 30Nepali News Portal

नेपालमा कोरोना सङ्क्रमणपछि निको हुने दर बढ्यो

    मा प्रकाशित

कनिका खबर
साउन १०, दाङ
नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या १३ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा १ सय ६ जना कोरोना सङ्क्रमण मुक्त भएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यो सँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या १३ हजार ५३ पुगेको बताउनुभयो । यस्तै पछिल्लो २४ घन्टामा विभिन्न २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको पनि उहाँले जानकारी दिनुभयो ।

डा.गौतमले १ सय ९ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको जानकारी गराउनुभयो । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्