श्रमिकलाई ट्रेड यूनिययन महासंघ नेपालकाे शुभकामना – Kanika Khabar
Sunday, April 27Nepali News Portal

श्रमिकलाई ट्रेड यूनिययन महासंघ नेपालकाे शुभकामना

    मा प्रकाशित

कनिका संवाददता
बैशाख १९ दाङ ।
ट्रेड यूनियन महासंघ नेपाल (टुकोन)ले १३१औं श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ । टुकोनका अध्यक्ष हिक्मत जंग भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गरेका हुन् ।
जारी शुभकामना विज्ञप्तिमा लेखिएको छ ‘छिमेकी राष्ट्र चिनबाट सुरू भएको कोरोना भाईरस विश्वका धेरै देशहरूमा फैलिई मानव सभ्यतालाई नै चुनौती दिदै यहि भाईरस बाट लाखौं मानिसहरूले ज्यान गुमाइरहनु परेको छ भने लाखांै मानिसहरू रोगसँग लड्दै अस्पतालमा उपचारका क्रममा छन् । यस्तो अवस्थामा देशभित्रै हजारौं श्रमिकहरूको विचल्ली छ, मित्रराष्ट्र भारतमा गएर श्रम गर्ने अधिकांश नेपाली श्रमिकहरु सिमानामा अलपत्र परेका छन् । दुःखको यो घडिमा संसारभरिका मानिसहरूले ठूलो संकटको सामना गर्नु पर्ने तथ्यांक विश्व स्वास्थ्य संगठन घोषणा गरेको अवस्था छ । यसको प्रत्यक्ष असर नेपाली श्रमिकहरूले भोगिरहेको र अझ भोग्नु पर्ने निश्चित रहेको यथार्थ छर्लङ्ग छ ।’
साथै यस परिस्थितीमा हामी नेपली श्रमिकहरूले कठिन अबवस्थाको सामना गर्नु पर्ने टडकारो छ त्यसैले यस श्रमिक दिवसको अवसरमा विज्ञप्ति मार्फत सबै नेपाली श्रमिकहरू लाई शुभकामना दिँदै श्रमिकका पक्षमा सरोकारवाला पक्षहरूसँगको ध्यानाकर्षण पनि गराइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्