सिन्धुलीमा माक्स नलगाई हिड्ने व्यक्ति कारबाहीमा – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

सिन्धुलीमा माक्स नलगाई हिड्ने व्यक्ति कारबाहीमा

    मा प्रकाशित

कनिका खबर
साउन १०, सिन्धुली
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले माक्स नलगाई हिड्ने व्यक्तिलाई कारबाही गरेको छ । सदरमुकाम सिन्धुलीमाढीका विभिन्न ठाँउमा माक्स नलगाई हिडेका महिला ६ र पुरुष १ सय ४० गरि जम्मा १ सय ४६ जनालाई जरिवाना गरेको हो । जरिवाना बापत ९ हजार १ सय ५० रुपैया राजश्व संकलन भएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले माक्स नलगाई अटेर गर्ने व्यक्तिलाई सङक्रमण रोग ऐन २०२० अनुसार जरिवाना गरेर सम्झाई, बुझाइ छाडेको बताउनुभयो । भिडभाडमा जाँदा माक्स लगाउन जनचेतना जगाउने उद्देश्यले मास्क लगाऊँ अभियान सुरु गरेको पनि उहाँले सुनाउनुभयो । पहिलो दिन हिजो निःशुल्क माक्स उपलब्ध गराएर जनचेतना जगाउने काम भएका थियो । आज पनि सदरमुकाम सिन्धुलीमाढी बजारको विभिन्न ठाँउका मानिसलाई निःशुल्क माक्स बितरण गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्