दमौली–डुम्रे सडक खण्डमा आज सबै सवारी प्रवेशमा रोक – Kanika Khabar
Thursday, April 16Nepali News Portal

दमौली–डुम्रे सडक खण्डमा आज सबै सवारी प्रवेशमा रोक

    मा प्रकाशित

कनिका खबर
साउन १०, दाङ
पृथ्वी राजमार्गअन्तर्गत दमौली–डुम्रे सडक खण्डमा आज सबै सवारी प्रवेशमा रोक लगाइएको छ । हिजो र आज ठूला सवारीबाहेक साना सवारीलाई प्रवेशमा अनुमति दिने जिल्ला प्रशासनको निर्णय भए पनि पुनः समस्या आएकाले सबै सवारी प्रवेशमा रोक लगाइएको हो । वैकल्पिक मार्गमा हिजो ग्राबेल राखी सवारी सञ्चालनमा ल्याएको भए पनि ग्राबेल कम प्रयोग गरेका कारण समस्या आएकाले सबै सवारीलाई आज एक दिन रोक्नुपरेको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले सीआइएनलाई जानकारी दिनुुभयो । वैकल्पिक मार्गमा साना सवारी साधनको चापले पनि समस्या भएकाले सडकलाई आज दिनभरमा मजबुत बनाएर मात्रै भोलिदेखि सवारी सञ्चालनमा ल्याइने उहाँले बताउनुुभयो ।

अविरल वर्षापछि बन्दीपुर गाउँपालिका एकस्थित नाहालामा सडक नै भाँसिएर पहिरो गएपछि वैकल्पिक मार्ग निर्माण गरिएको हो । उक्त मार्गमा ग्राबेल नगरिँदा सवारी फसेर अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले ठूला सवारीलाई दुई दिन प्रवेशमा रोक लगाएको थियो । यही साउन चार र पाँच गते पनि उक्त राजमार्गको ठाउँठाउँमा पहिरो गएर अवरुद्ध भएपछि पाँच वटा डोजर, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको प्रयासले एक दिनमै राजमार्ग सञ्चालनमा ल्याइएको थियो । पहिरोले राजमार्गको सडक नै बगाएपछि वैकल्पिक मार्ग बनाइएको थियो । तनहुँमा बिहीबार साँझदेखि आजसम्म पानी परे पनि पृथ्वीराजमार्गको अन्य क्षेत्रमा अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्