सेवाग्राहीसँग घुस लिएको रकमसहित सुनसरी वन कार्यालयका डिभिजन प्रमुख पक्राउ – Kanika Khabar
Monday, September 21Nepali News Portal

सेवाग्राहीसँग घुस लिएको रकमसहित सुनसरी वन कार्यालयका डिभिजन प्रमुख पक्राउ

    मा प्रकाशित

कनिका खबर
साउन १०, सुनसरी
सेवाग्राहीसँग घुस लिएको रकम सहित जिल्ला वन कार्यालय सुनसरीका डिभिजन प्रमुख रामबाबु साह श्रीमती सहित पक्राउ परेका छन् । सेवाग्राहीसँग लिएको घुस रकम सहित उनलाई सुनसरीको कोसी गाँउपालिका स्थित पूर्व पश्चिम राजमार्गबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो । अख्तियारको टोलीले वनकार्यालय प्रमखसँगै उनकी श्रीमती किरण साहलाई पनि नियन्त्रणमा लिएको हो । वन कार्यालयको बा २ झ ४१० नम्बरको गाडीमा घर जादैे गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो । प्रहरीले गाडीमा लुकाई राखेको श्रोत नखुलेको ५ लाख ५३ हजार रुपैंयाँ बरामत गरेको छ । पक्राउ परेका दुबैजनाको अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्