मलेखुमा माछाको प्रतिमा अनावरण, पहिलो माछा व्यवसायीलाई सम्मान – Kanika Khabar
Saturday, April 20Nepali News Portal

मलेखुमा माछाको प्रतिमा अनावरण, पहिलो माछा व्यवसायीलाई सम्मान

    मा प्रकाशित

कनिका खबर
साउन १०, धादिङ

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मलेखु पुलमा ११ लाख ५० हजारको लागतमा निर्माण गरिएको माछाको प्रतिमा आज अनावरण गरिएको छ । गजुरी गाउँपालिकाको नीति तथा कार्ययोजना अनुसार मलेखु पुलको मुखैमा माछाकोे प्रतिमा बनाइएको हो । गजुरी गाउँपालिकाले साँढे ६ लाखमा माछाको प्रतिमा खरिद गरी पिल्लर टायल र अन्य श्रम ज्याल गरी ११ लाख ५० हजारमा प्रतिमा बनाएको अध्यक्ष राजन्द्र विक्रम बस्नेतले बताउनुभयो ।

ललितपुरका कालीगढ बाबुराजा महर्जन र उहाँका छोरा अनिशको कला–कौशलबाट निर्मत ढलौटको माछाको प्रतिमा आज एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले अनावरण गर्नुभएको हो । मलेखु बजारमा पहिलो पटक माछा ब्यवसाय गर्ने ४ जना पनि सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा छविलाल मरहठ्ठा, विष्णुमाया मरहठ्ठा, एकराज सेढाई र टुल्कादेवी सेढाई रहेका छन् । अहिले गजुरी बजार र मलेखु बजारमा करिब २ सय ५० जना ब्यबसायीहरुले माछा ब्यवसाय गर्दै आइरहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्