भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १३ ला ३९ हजार नाघ्यो – Kanika Khabar
Sunday, April 19Nepali News Portal

भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १३ ला ३९ हजार नाघ्यो

    मा प्रकाशित

कनिका खबर
साउन १०, दाङ
भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १३ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४८ हजार ९ सय १६ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमितको संख्या १३ लाख ३९ हजार ६७ पुगेको छ । विश्वकै तेस्रो कोरोना प्रभावित मुलुक भारतमा पछिल्लो २४ घन्टामा ७ सय ५७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३१ हजार ४ सय २५ पुगेकोे छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्