आज बदलीसहित केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने – Kanika Khabar
Saturday, May 2Nepali News Portal

आज बदलीसहित केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

    मा प्रकाशित

कनिका खबर
साउन ११, काठमाडौं
देशभरमा आज सामन्यतया बदलीसहित केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । मनसुनी वायु तथा मनसुनी न्यून चापीय रेखाको प्रभावका कारण बदली तथा वर्षा हुने भएको हो । विगत केही दिनको तुलनामा मनसुन केही कमजोर भए पनि निष्क्रिय नरहेको मौसमविद शान्ति कँडेलले सीआईएनसँग बताउनुभयो । पूर्वदेखि पश्चिमका विभिन्न स्थानमा दिउँसो र राति बलदी तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ ।

विगतका दिन भन्दा आज पानीको मात्रा कम भए पनि भोलि साँझदेखि पुनः मौसम सक्रिय हुने र दुईतीन दिन ठूलो झरी पर्ने महाशाखाले जनाएको छ । देशभरका नदीमा पानीको बहाव बढ्ने, पहिरो तथा बाढीको जोखिम हुने भएकाले सचेत हुनुपर्ने मौसमविद् कँडेलले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्