मा प्रकाशित
कनिका खबर
साउन ११, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार विराटनगरस्थित प्रदेश नं.१ प्रहरी कार्यालयमा कार्यरत थप १९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगर र धरानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।
पाँच जना प्रहरी अधिकारीमा संक्रमण देखिएपछि सबै प्रहरीलाई क्वारेन्टिनमा राखेर परीक्षण थालिएको थियो । त्यसक्रममा थप १४ जनामा कोरोना पुष्टि भएको हो ।