दोषीमाथि कारबाही हुनुपर्ने नेकपा प्रवक्ता श्रेष्ठको माग – Kanika Khabar
Thursday, March 20Nepali News Portal

दोषीमाथि कारबाही हुनुपर्ने नेकपा प्रवक्ता श्रेष्ठको माग

    मा प्रकाशित

कनिका खबर
साउन ११, काठमाडौं
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्नी हत्याको अपराधमा जेल पठाइएका सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतबाट हालै भएको कैद छुटको फैसला र चितवनमा सेनाको कुटाइबाट राजकुमार चेपाङको मृत्यु भएको घटनामा असन्तुष्टि जनाउनुभएको छ । यसबारे नेकपाको औपचारिक धारणा आइनसकेका बेला प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत न्याय स्थापित हुनुपर्ने र दोषीमाथि कारबाही हुनुपर्ने माग गर्नुभएको छ । यो अवाजलाई समयमै सम्बोधन गर्न र राज्यका अंगको लोकतन्त्र अनुरुप पुनःसंरचना गरी लोकतन्त्रलाई व्यवहारतः अभ्यास गर्नुपर्ने र विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । अन्यथा निराशा, आक्रोश, अनिश्चय र तरलताको परिणाम के होला ? समयमै सबैले सोच्नुपर्ने नभए परिणाम सधैं सकारात्मक नै हुन्छ भन्न नसकिने उहाँको भनाइ छ । ‘के हुँदैछ यस्तो ? न्यायालय र सिंगै राज्य प्रणाली र व्यवस्थामाथि नै प्रश्न उठ्ने गरी न्यायालयद्वारा निर्णय किन गरिँदैछ ? बास र छाक टार्ने समस्याबाट पीडित गरीब चेपाङ युवाको हत्या संवेदनशील सुरक्षा अंगबाट नै दर्दनाक ढंगले पिटीपिटी किन गरिन्छ र सुकुम्बासी झुप्रामा आगो किन लगाइन्छ ? उहाँले लेख्नुभएको छ । सर्वोच्च अदालतको आदेशपछि आठवर्ष ६ महिना कैद सजाय भुक्तान गरेर सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला बिहीबार जेलमुक्त भएका थिए । सर्वोच्च अदालतले १५ असारमा कोइरालाको सजाय घटाउँदै आठ वर्ष ६ महिना कायम गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्