अछामको पञ्चदेवल विनायक नगरपालिकामा मात्र थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Monday, August 24Nepali News Portal

अछामको पञ्चदेवल विनायक नगरपालिकामा मात्र थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन ११, अछाम
अछामको पञ्चदेवल विनायक नगरपालिकमा मात्र आज एकैदिन १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा नगरपालिकामा १३ जना पुरुष र एक महिला गरि १४ जना सङ्क्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको हो ।

नगरपालिका वडा नम्वर एक कुइकाका एक जना, वडा नम्वर दुइ विनायकका तीन जना, वडा नम्वर तीन विनायकका एक जना, वडा नम्वर ६ तोलीका नौ जनामा सङक्रमण भएको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक लक्ष्मिकान्त बजगाईले जानकारी दिनुभयो । उहाँका अनुसार यो सँगै नगरपालिकामा कोरोना सङक्रमण हुनेको संख्इया ४४ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्