छोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ – Kanika Khabar
Sunday, May 31Nepali News Portal

छोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ

    मा प्रकाशित

कनिका खबर
साउन ११, बाजुरा
आफ्नै छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा बाजुराको बुढिगंगा नगरपालिकामा ६५ वर्षका एक पुरुष पक्राउ परेका छन् । आफ्नै १४ वर्षका छोरीलाई विगत पाँच वर्षदेखि जबर्जस्ती करणी गर्दै आएको पीडित बालिकाले बयानका क्रममा सार्वजनिक गरेकी हुन् । १४ वर्षका छोरीको पेटमा बच्चा बसेको थाहा पाएपछि बाबुले करणी गरेको घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवम सुचना अधिकारी दानबहादुर रोकायाले जानकारी दिनुभयो ।

एक हप्ता पहिला ति बालिका स्थानीय स्वास्थ्य चौकीमा पेट दुखेको भनेर जाँचमा पुगेपछि स्वास्थ्यकर्मीले पेटमा बच्चा रहेको भनेपछि मात्र घटना सार्वजनिक भएको हो । जवरजस्ती करणी गर्ने ६५ वर्षका पुरुषलाई जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेर जबर्जस्ती करणी मुद्धा दर्ता गर्दै समयसीमा थप गरी अनुसन्धान अगाडि बढाएको सुचना अधिकारी रोकायाले बताउनुभयो । बालिका भने सदरमुकाम मार्तडीमा रहेको सेभ हाउसको संरक्षणमा रहेका छन् । कक्षा ६ मा अध्ययनरत बालिका महिनावारी भएको एक वर्षमा मात्र भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्