मृगौला पीडित गणेश श्रेष्ठलाई पौने दुइ लाख भन्दा बढी आर्थिक सहयोग – Kanika Khabar
Wednesday, April 22Nepali News Portal

मृगौला पीडित गणेश श्रेष्ठलाई पौने दुइ लाख भन्दा बढी आर्थिक सहयोग

    मा प्रकाशित

कनिका खबर
साउन ११, पर्वत
विगत केहि समयदेखि मृगौलामा समस्या आएका पवर्तको कुस्मा नगरपालिका मेलमिलाप चोकका मृगौला पिडित गणेश श्रेष्ठलाई वेलायतमा वस्ने प्रवासी नेपालीले पौने दुइ लाख भन्दा बढी रुपैयाँ सहयोग गरेका छन् । पर्वत जिल्ला फलेवास नगरपालिका दुइ थापाठानाका र हाल रोजगारीको शिलशिलामा वेलायतमा रहनु भएका यज्ञ क्षेत्री, शर्मिला क्षेत्री, दुर्गा क्षेत्री, भावना क्षेत्री लगाएतको पहलमा रोयल सुर्य कन्ट्रि हस्पिटलमा कार्यरत ७४ जना कर्मचारीले जम्मा गरेको १ लाख ८७ हजार पाँच सय रुपैँया रेडियो कुसुमको कक्षबाट नै हस्तान्तरण गरिएको हो ।

सहयोग रकम मृगौला पिडित श्रेष्ठलाई रेडियोमा वोलाएर नै हस्तान्तरण गरिएको हो । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम रेडियो कुशुमबाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्