हिन्दू विद्यापीठ नेपालमा एसइई २०८१ का विद्यार्थीलाई बिदाइ – Kanika Khabar
Friday, May 15Nepali News Portal

हिन्दू विद्यापीठ नेपालमा एसइई २०८१ का विद्यार्थीलाई बिदाइ

    मा प्रकाशित

घोराही, २३ फागुन ।
हिन्दू विद्यापीठ नेपाल घोराही दाङले आज एसइई २०८१ मा सहभागी हुने विद्यार्थीलाई बिदाइ गरेको छ । कक्षा दशमा अध्ययनरत विद्यार्थीलाई कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूले बिदाइ गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक पिताम्बर रिजालको सभापितत्व ,शिक्षक दिनेश थापाको प्रमुख आतिथ्यता तथा विद्यालयका कोर्डिनेटर मधुसुदन पन्तको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षक सागर दहाल, खड्ग शर्मा ,राज शर्मा, शोभा पोख्रेल लगायतकाले शुभकामना मन्तब्य राखेका थिए। साथै विद्यार्थीहरू बैष्णवी गुप्ता, सविना आचार्य, सृजना खनाल, जेसिका गुप्ता, खिमा बस्नेत लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि थापाले पढाइको साथसाथै संस्कार र संस्कृति सिकाउदै आएको यस विद्यालयले दक्ष र सक्षम विद्यार्थी उत्पादन गरेको बताउँदै आगामी दिनहरूमा भविष्यको उज्ज्वल कामना पनि गरेका थिए ।

कार्यक्रमको सहजीकरण कक्षा नौका विद्यार्थीहरू शिला बुढाथोकी र शिशिर रावतले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्