मोटरसाइकल र अटो एक आपसमा ठोकिदा ३ जना घाइते – Kanika Khabar
Thursday, March 28Nepali News Portal

मोटरसाइकल र अटो एक आपसमा ठोकिदा ३ जना घाइते

    मा प्रकाशित

शरद सागर देवकोटा
साउन ११, दाङ ।

देउखुरीमा मोटरसाइकलले अटो रिक्सालाई पछाडिबाट ठक्कर दिँदा आज ३ जना घाईते भएका छन् । लमही नगरपालिका वडा नम्बर ८ निम्बुखुटीमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सरकारी नम्बर प्लेट रहेको रा १ ब २५८ नम्बरको मोटरसाइकलले बाटो काटेर सोही दिशातर्फ फर्किदै गरेको भे १ ह २६९५ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा ३ जना घाईते भएका हुन् ।
मोटरसाइकलमा सवार दार्मा गाउँपालिका वडा नम्बर ५ सल्यानका ३० वर्षिय हेमन्त चन्द, सोही ठाउँ निवासी २० वर्षिय सरिता चन्द र लमही ८ निम्बुखुटी निवासी अटो चालक ३४ वर्षिय छुकाम चौधरी घाइते भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।
मोटरसाईकल चालक चन्दको छातीमा चोट लागेको छ भने सवार सरिताको खुट्टामा चोट लागेको छ । अटो चालक भने सामान्य रहेको अस्पतालले जनाएको छ । घाइते तिनै जनाको लमही अस्पतालमा उपचार भईरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्