निर्मला पन्तका लागि न्याय माग्दै श्रद्धाञ्जली व्यक्त – Kanika Khabar
Saturday, May 30Nepali News Portal

निर्मला पन्तका लागि न्याय माग्दै श्रद्धाञ्जली व्यक्त

    मा प्रकाशित

कनिका खबर
साउन ११, दाङ ।


दाङका युवाहरुले निर्मला पन्तको लागि न्याय माग्दै श्रद्धाञ्जली सभा गरेका छन् । जिल्लाको घोराहीमा युवाहरुको एउटा समूहले बेलुका दीप प्रज्वलन गरी स्वर्गीय निर्मला पन्तप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उदाउँदो पुस्ता, उज्यालो बिहानी फाउन्डेसन र दारीबाको कटेज हाम्रो अड्डा फेसबुक ग्रुपद्वारा संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको थियो ।

Image may contain: 3 people, people standing, text that says '730 DAY'S OF INJUSTICE'
पन्तको हत्या भएको दुई वर्ष पुगिसक्दा समेत सरकारले घटनाप्रति बेवास्ता गरेको भन्दै सरकारलाई दवाव स्वरुप यस्तो कार्यक्रम गरेको युवा गुरु गौतमले बताए । ‘न्याय मरेको दुई वर्ष’ को रेखाङ्कनमा दीप प्रज्वलन गर्दै युवाहरुले सरकारलाई यस घटनामा आलटाल गर्न नहुने बताएका छन् ।
‘सम्झनामा निर्मला न्यायको खोजीमा जनताहरु’ शीर्षकको व्यानरमा निर्माण गरेका युवाले निर्मलाको पक्षमा आम जनता रहेको सन्देश सम्प्रेषण गरेको बताएका छन् । निर्मला हत्याको सत्य तथ्य यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई आह्वान गरेको थिए । दुई वर्ष अघि कञ्चनपुरमा निर्मलाको बतात्कारपछि हत्या गरिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्