तुलसीपुरमा बस दुर्घटना हुदा १४ जना घाइते – Kanika Khabar
Sunday, March 15Nepali News Portal

तुलसीपुरमा बस दुर्घटना हुदा १४ जना घाइते

    मा प्रकाशित

दाङ, ४ चैत । दाङको भएको बस दुर्घटनामा १४ जना घाइते भएका छन् । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीमा भएको बस दुर्घटना हुदा १४ जना घाइते भएका हन् ।

घाइते हुनेमा गाडी धनि तुलसीपुर–१० निवासी ६२ बर्षीय झक बहादुर बस्नेत, गाडीमा सवार तुलसीपुर–१८ निवासी २९ बर्षीया सुष्मा नेपाली, तुलसीपुर–६ निवासी ३६ बर्षीया लक्ष्मी गौतम, सोही ठाउँ निवासी ६१ बर्षीया धनी केसी, तुलसीपुर–१२ निवासी ४० बर्षीया बुद्धि खत्री, सोही ठाउँकी ३३ बर्षीया रिता नाथ, तुलसीपुर–७ निवासी ४० बर्षीय भुप बहादुर बस्नेत, तुलसीपुर–५ निवासी १९ बर्षीय प्रतिक बुढाथोकी, सोही ठाउँ निवासी १७ बर्षीय डम्बर बुढाथोकी, शान्तिनगर गाउँपालिका–४ की ३५ बर्षीया कल्पना पौडेल, दंगीशरण–४ निवासी २१ बर्षीया लक्ष्मी चौधरी, सल्यानको दार्मा गाउँपालिका–१ का १८ बर्षीया यसोदा वली र मोटरसाइकल चालक तुलसीपुर–१८ का ३६ बर्षीय निम बहादुर बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ख ३१२६ नम्बरको बस तुलसीपुर–१८ बेल्झुण्डी नजिकै दिउँसो २ बजेको समयमा मोटरसाइकलसँग ठोक्किदा दुर्घटना भएको थियो । सोही दिशातर्फ आउदै गरेको रा ६ प २६२९ नम्बरको मोटरसाइकलले बसलाई ओभरटेक गरी एक्कासी मोड्ने क्रममा बस अनियन्त्रित भएर सडक किनारमा पल्टिएर दुर्घटना भएको हो ।

एक्कासी बसले ब्रेक लगाएपनी मोटरसाइललाई सामान्य ठक्कर दिदा मोटरसाइकल चालक पनी घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्य ६१ बर्षीया धनी केसीको अवस्था गम्भिर रहेको र अन्य सबैको अवस्था सामान्य रहेकाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक तुलसीपुर–१८ बिजौरी निवासी १८ बर्षीय बाबुराम नेपाली सामान्य घाइते भएको र उनी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्