बाँके र रुपन्देहीमा पनि भेटिए कोरोना भाइरसका संक्रमित, सहरका चार स्थानलाई सिल गरियो – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

बाँके र रुपन्देहीमा पनि भेटिए कोरोना भाइरसका संक्रमित, सहरका चार स्थानलाई सिल गरियो

    मा प्रकाशित

कनिका संवाददता
बैशाख १९ दाङ ।

बाँके र रुपन्देहीमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यससँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको एक मस्जिदमा रहेका ११ जनाको स्वाव परिक्षण गर्दा ६० वर्षीय एक पुरुषमा कोरोना संक्रमण भेटिएको हो भने रुपन्देहीका एक जना २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएका रुपन्देहीका युवक वैशाख ५ गते भारतबाट आएको पाइएको छ ।

कोटहीमाई गाउँपालिका वडा नंं. १ का २५ वर्षीय युवक लकडाउनको समयमा भारतबाट  घर आएका थिए ।  संक्रमण देखिएका युवा लकडाउनको अवधिमा सीमाबाट लुकेर छिरेको खुलेको छ । भारतको नयाँ दिल्लीमा मजदुर गर्ने उनी ४ दिन पैदल हिँडेर वैशाख ५ गते सीमाबाट लुकेर गाउँ छिरेका थिए । ट्रक र पैदल यात्रा गर्दै आएका उनी गाउँ छिर्दा भने एक्लै थिए । सुरक्षाकर्मीलाई छल्दै लुकेर गाउँ छिरेका उनलाई उनकै दाजुले घर नपुग्दै कोटहीमाइको बौरियाघाटबाट क्वारेन्टाइन पुर्‍याएका थिए । Image may contain: text
मर्चवार आदर्श वहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका १० जनामध्ये उनमा कोभिड–१९ पोजेटिभ देखिएपछि शुक्रबार बुटवलको कोरोना विशेष अस्थायी अस्पताल ल्याइएको छ ।

उनको अवस्था सामान्य रहेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

परिवारका ८ जना सबैलाई स्वास्थ्यकर्मीहरुको निगरानीमा राखेर स्वास्थ्य जांच गर्ने तयारी भइरहेको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाकारी गराएको छ ।

नेपालगन्जका संक्रमित एक महिना अघि बहराइचबाट आएका थिए
नेपालगन्जका एकजना ६० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पोजिटिभ देखिएका व्यक्ति नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका हुन् ।

भारतको बहराइचबाट करिब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै छ सय जना भाग्नेमध्ये उनि एक भएको प्रहरी स्रोतले बताएको छ ।

नेपालगञ्ज सहरका चार स्थान र कोटहिमाई वडा नंं. १  लाई सिल गरियो
नेपालगञ्ज डिएसपी रोड, वडा न ८ महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताए । प्रशासनका अनुसार संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आउजाउ गर्दै आएका थिए । जसका कारण उनी थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै सिल गरिएको हो । उनका श्रीमती र छोरा तथा नजिकका छिमेकीहरुको पनि कोरोना जाँच गरिने भएको छ ।

यसै गरी रुपन्देही प्रशासनले कोरोना संक्रमित २५ वर्षीय युवकको गाउँ कोटहिमाई वडा नंं. १ को पुर्निहवामा पनि आउ–जाउ गर्न बन्द गराएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्