‘मास्क सारथि’ मास्क अभियान लिएर सडकमा – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

‘मास्क सारथि’ मास्क अभियान लिएर सडकमा

    मा प्रकाशित

कनिका खबर
साउन १२, दाङ ।


कोभिड १९ को जोखिमबाट सचेत तुल्याउँदैै मास्क अभियान लिएर अगाडि बढेका ‘मास्क सारथि’ वीरु खत्री यतिबेला सडकमा भेटिन्छन् । झोलाभरि मास्क बोकेर सडकका चोक र गल्लीमा आजभोलि उनको दैनिकी बितिरहेको छ । फ्रन्टलाइनमा रहेर काम गर्नेहरुलाई केएन ९५ मास्क निशुल्क वितरण गर्दै आएका खत्री नेता तथा विभिन्न सामाजिक अभियन्तासम्म आफ्नो अभियानलाई पु¥याउन सफल भएका थिए । लगत्तै आफ्नो अभियानलाई विभिन्न संस्था केन्द्रित बनाए उनले । दाङ जिल्लमा रहेका प्रायः संस्थाहरुमा उनको अभियान पुग्यो । पूर्वी दाङदेखि पश्चिम दाङसम्म आफ्नो अभियानको रफ्तारमा कहिल्यै कमि आउन दिएनन् ।


सुरुमा त फ्रन्टलाइनमा रहेर काम गर्नेका लागि मास्क उपलब्ध गराउने सोंचले मास्क वितरण गरेको उनले बताए । उनले थपे, ‘यसरी मास्क वितरण गर्दै जाँदा मलाई यो सानो कामबाट पनि ठूलो सन्तुष्टि मिल्यो । अभियानलाई निरन्तरता दिन मन लाग्यो । मेरो अभियानमा थुप्रै सहयोगी मन र हातहरु पाएँ । मलाई झनै हौसला मिल्यो अनि यो अभियानलाई निरन्तरता दिँदै आएँ ।’ विशुद्ध सामाजिक भावनाले अभियान थालनी गरेको बताउँदै उनले भने, ‘समाज परिवर्तनका लागि सानो सानो कामबाट सुरुआत गर्नु पर्दो रहेछ । हामीजस्ता युवाहरु यस्तै सामाजिक तथा परोपकारी काममा सहभागी हुने हो भने पछिल्लो पुस्तालाई सही मार्ग निर्देशन गर्न सकिन्छ । समाजमा यस्ता नमुना कार्यहरु थुप्रै छन् , मैले मास्क बाँडिरहँदा अरुले अर्को अभियान चलाउन सक्नुहन्छ, जसले सामाजिक जिम्मेवारी सबैमा बोध गराउँछ ।’

यतिबेला मास्क सारथि खत्री सडकमा मास्क नलगाएर हिँडेका मानिसहरुलाई मास्क उपलब्ध गराउँदै आएका छन् । सडकमा डुलेर मास्क वितरण गर्नेबारे स्पष्ट पार्दै उनले भने, ‘कोभिड १९ को जोखिम अझै सकिएको छैन, सरकारले लकडाउन खुलायो, मानिसहरु कामकाजका लागि बजार आउँदा डरलाग्दो किसिमले भिडभाड बढेको छ । मानिसले लकडाउन खुल्नुलाई कोभिड नियन्त्रण भएको बुझेका छन् । तर, जोखिम यथावत् रहेकाले सचेतना स्वरुप मास्क नलगाएकाहरुलाई मास्क वितरण गरेको हुँ । यसले कोभिडको जोखिमबाट अझैं सचेत रहने सन्देश सम्प्रेषण गरोस् भन्ने मेरो सोच हो ।’

सडकमा पैदल हिँड्ने होऊन् या त सवारी साधनमा यात्रा गर्नेहरु होऊन् मास्क नलगाएकालाई उनले मास्क उपलब्ध गराउँछन् र मास्क प्रयोग गर्न सुझाउँछन् ।
बृद्धहरुलाई मास्क लगाइदिन्छन् । अशक्तहरुलाई मास्क लगाइदिने असहायहरुलाई मास्क लगाइदिनुका साथै खाजा पनि खुवाउँछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्