जाजरकोटमा विषालु च्याउ खाँदा एक बालिकाको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

जाजरकोटमा विषालु च्याउ खाँदा एक बालिकाको मृत्यु

    मा प्रकाशित

बालकुमार शर्मा
साउन १२, जाजरकोट ।
जाजरकोटको कुशेगाँउपालिका १ स्याक्रीमाविषालु च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । च्याउ खाएर बिरामी परेका जनक चलाउनेका ३ वर्षका छोरी अन्जना चलाउनेको बाटुले स्तिथ स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको वडा अध्यक्ष गोपाल नेपालीले जानकारी दिए । च्याउ पकाएर खाँदा अन्य ७ जना बिरामी भएका छन् । बिरामी हुनेमा कुशे गाउँपालिकाका वडा नम्बर १ का ५० वर्षका टेक बहादुर चलाउने, ३० वर्षका ललित चलाउने, ३० वर्षकै कल्पना चलाउने, १४ वर्षका पशुपती चलाउने तथा छिमेकीहरु ९ वर्षका निरुता सिङ, १२ वर्षका धन्सरा चलाउने र १४ वर्षका औसरा चलाउने रहेका छन् । बिरामीहरु सबै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र थप उपचारका लागि बाहिर लै जाने तयारी भइरहेको गाँउपालिकाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्