सिन्धुपाल्चोक कोरोना सङ्क्रमण मुक्त – Kanika Khabar
Friday, April 26Nepali News Portal

सिन्धुपाल्चोक कोरोना सङ्क्रमण मुक्त

    मा प्रकाशित

कनिका खबर
साउन १२, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक कोरोना सङ्क्रमण मुक्त जिल्ला बनेको छ । ६५ जना कोरोना सङ्क्रमित रहेको सिन्धुपाल्चोकका ६३ जना निको भएसँगै सिन्धुपाल्चोक कोरोना सङ्क्रमण मुक्त जिल्ला बनेको स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंले बताए । २ जनाको उपचारको क्रममा मृत्यु भएको थियो । शून्य सङ्क्रमणको अवस्था भएपनि पुनः सङ्क्रमण देखिन सक्ने जोखिम कायमै रहेको भन्दै उनले सबैलाई सचेत रहन आग्रह गरे । घर फर्किएकालाई एक साता होम क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको निगरानीमा बस्न भनिएको छ । सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको र मानिसहरुको आवतजावत तथा अन्य गतिविधिहरु बढेको अवस्थामा थप सचेतना अपनाउन पनि उनले सुझाव दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्