प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ – Kanika Khabar
Monday, November 17Nepali News Portal

प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ

    मा प्रकाशित

सुवास चौलागाईं
साउन १२, भक्तपुर ।
प्रहरीलाई घुस दिन खोज्दा भक्तपुरमा एक जना पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीस्थित सडकमा महानगरीय प्रहरी प्रभागबाट ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मोरङ विराटनगर उपमहानगरपालिका–१ घर भई हाल सानोठिमी बस्ने ३० वर्षका जीवन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । बा.९० प २२५० नम्बरको मोटरसाइकल आज चेकजाँच गर्नेक्रममा मादक पदार्थ सेवन गरेका श्रेष्ठले प्रहरीलाई १ सय ४५ रुपैयाँ दिई प्रलोभनमा पार्ने खोजेपछि प्रहरीले उनलाई नगद र मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्