चौरजहारी घटना सम्बन्धी प्रतिवेदन सरकारलाई पठाइयो – Kanika Khabar
Sunday, April 27Nepali News Portal

चौरजहारी घटना सम्बन्धी प्रतिवेदन सरकारलाई पठाइयो

    मा प्रकाशित

कनिका खबर
साउन १२, काठमाडौं

रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका, सोती घटना छानबिन संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको प्रतिवेदन संघीय संसदले आवश्यक कार्यान्वयनका लागि सरकारलाई पठाएको छ । संघीय संसदको अधिवेशन नचलेको अवस्थामा प्राप्त प्रतिवेदन सरकारलाई पठाइको हो । सो प्रतिवेदन यही साउन ८ गते पठाइएको संघीय संसद सचिवालयले जानकारी दिएको छ । गत असार ३० गते रुकुम घटना छानविनका लागि गठित संसदीय समितिका संयोजक देवेन्द्र पौडेलले सभामुख सापकोटालाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो । २०७७ जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकबाट रुकुम पश्चिम जिल्लाको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएकोमा सो समितिले समयमै प्रतिवेदन बुझाएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्