हेटौडा, १४ चैत्र ।
मकवानपुरमा देवरले भाउजूको हत्या गरेका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलमा खुकुरी प्रहारबाट ३५ वर्षीया गुडिया दासको हत्या भएको छ । उनलाई आफ्नै देवरले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनलाई आफ्नै देवर रमेश दासले हत्या गरेको प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
साढे २ तले घरको दोस्रो तलामा कोठाभित्र टाउको चोट लागेको अवस्थामा गुडिया मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
घटनामा उनका कान्छा देवर २३ वर्षीय राहुल भनिने रमेश दास संलग्न रहेको आरोपमा प्रहरीले उनलाई हातमा खुकुरी बोकेकै अवस्थामा पक्राउ गरेको छ ।
रमेशलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रमेशको आक्रमबाट उनका दाजु रुपेश दास गम्भीर घाइते बनाएका छन् । उनको टाउको, हात, ढाडमा चोट लागेको छ ।