सभापति देउवाले नै महाधिवेशन आचारसंहिता उल्लघंन गरेको पौडेल पक्षको आरोप – Kanika Khabar
Thursday, April 30Nepali News Portal

सभापति देउवाले नै महाधिवेशन आचारसंहिता उल्लघंन गरेको पौडेल पक्षको आरोप

    मा प्रकाशित

कनिका खबर
साउन १२, काठमाडौं

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाले नै महाधिवेशनको आचारसंहिता उल्लंघन गरेको आरोप लगाएको छ । पौडेल पक्षले देउवाले आचारसंहिता उल्लंघन गरेको जनाउँदै उक्त निर्णयविरूद्ध आफ्ना पक्षीय केन्द्रीय समिति सदस्यहरुको बैठक बोलाउने तयारी गरेको छ । पौडेल पक्षका शीर्ष तहका नेताहरुको निरन्तरको बैठकपछि आफ्नो पक्षका केन्द्रीय सदस्यलाई भोली बैठकका लागि डाक्ने आन्तरिक तयारी गरेको हो ।

सभापति शेरबहादुर देउवाले गठन गरेको विभागप्रति तीव्र असहमति जनाउँदै आएको पौडेल समूहले हस्ताक्षरसहित देउवाको ध्यानाकर्षण गर्ने भएको छ । १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा विभागको गठन आचार संहिताको उल्लंघन भएको निर्क्यौल गरेको छ । विभाग गठनप्रति असन्तुष्टि राख्दै निर्वाचन समितिलाई ध्यानाकर्षण गराएको पौडेल पक्षले सभापति निर्णय फिर्ताको मागसहित देउवालाई हस्ताक्षर बुझाउने भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्