दाङ, १५ चैत्र ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित नमुना बहुभाषिक शिक्षालयका शिक्षकलाई गुरु ग्राभिटी तालिम दिइएको छ । शैक्षिक सत्र २०८२ देखि सञ्चालनमा हुन लागेको शिक्षालयले सेवा प्रवेश पूर्व २ दिवसीय गुरु ग्राभिटी नामक क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको हो ।
यही चैत्र १३ गते पहिलो दिन उत्घाटन् सत्रको कार्यक्रम विद्यालय भवनमा र दोस्रो दिनको कार्यक्रम होटल पौवामा सञ्चालन भएको थियो । तालिममा कुल १२ जना शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
समापन समारोह शिक्षालयका अध्यक्ष गणेश कुमार जिएको अध्यक्षता तथा प्याब्सन दाङका सचिव आदिम के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । नयाँ योजना र भिजनका साथ सुरु भएको नमुना बहुभाषिक शिक्षालयको भविष्य उज्वल भविष्य रहेको प्रमुख अतिथि केसीले बताए । कार्यक्रममा विशिष्ट अतिथि तथा प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण वली, प्रशिक्षक भक्तराज रसाइली तथा सहभागीका तर्फबाट शिक्षक सरीता घर्तीले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण प्रिन्सिपल विष्णु हमालले गरेका थिए ।