सिन्धुलीका १ सय २८ जना क्वारेन्टाइनमा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सिन्धुलीका १ सय २८ जना क्वारेन्टाइनमा

    मा प्रकाशित

कनिका खबर
साउन १२, सिन्धुली
सिन्धुलीमा अहिलेसम्म १ सय २८ जना क्वारेन्टाइनमा रहेका छन । १३ जना महिला र १ सय १५ जना पुरुष गरि १ सय २८ जना क्वारेन्टाइनमा रहेका जिल्ला प्रशासन कार्यालय सिन्धलीका प्रशासकीय अधिकृत तथा सुचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सबै भन्दा बढी कमलामाई नगरपालिकामा ४८, दुधौली नगरपालिकामा ३७, तिनपाटनमा ३, गोलन्जोरमा ७, घ्याङलेखमा २,फिक्कलमा ४, मरिणमा १९ र हरिहरपुरगढीमा ८ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म जिल्लाका विभिन्न पालिकाहरुमा रहेका क्वारेन्टानबाट महिला १ सय २१ र पुरुष ७ सय ७७ गरि ८ सय ९८ जना घर फिर्ता भएका छन् । यस्तै सिन्धुली अस्पतालको आइसोलेशन कक्षमा हालसम्म ४ जना पुरुष कोरोना संक्रमित रहेका छन् भने २ महिला र २२ पुरुष गरी २४ जना फिर्ता भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्