बैतडीमा महिलाको नाममा जग्गा दर्ता गर्नेको संख्या बढ्दै – Kanika Khabar
Saturday, May 27Nepali News Portal

बैतडीमा महिलाको नाममा जग्गा दर्ता गर्नेको संख्या बढ्दै

    मा प्रकाशित

कनिका खबर
साउन १२, बैतडी
पछिल्लो समयमा बैतडीमा महिलाको नाममा जग्गा दर्ता गर्नेको संख्या बढ्दै गएको छ । नेपाल सरकारले महिलाको नाममा जग्गादर्ता गर्दा राजस्वमा समेत छुट दिएकाले महिलाको नाममा जग्गा दर्ता गर्नेको संख्या बढ्दै गएको मालपोत कार्यालय बैतडीका सूचना अधिकारी अनिल चन्दले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा ९१ जना महिलाको नाममा जग्गा दर्ता गराए वापत २ लाख ७७ हजार राजस्व छुट भएको उहाँले बताउनुभयो ।

महिलाको नाममा जग्गा दर्ता गरेमा २५ प्रतिशत राजस्व छुट हुने नियम रहेको सूचना अधिकारी चन्दले बताउनुभयो । महिलाको नाममा जग्गादर्ता हुने क्रम बढेपछि महिलामाथि हुने हिंसा पनि कम हुँदै जाने महिला अधिकारकर्मीहरुले बताएका छन् । महिलाको सम्पत्तिमा पहुँच नहुँदा हिंसा हुने भएकाले महिलाको नाममा जग्गा दर्ता हुँदै गएपछि महिलामाथि हुने हिंसामा केही कमी आउने अधिकारकर्मी पार्वती भट्टले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्