घोराही मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल हुने – Kanika Khabar
Sunday, May 10Nepali News Portal

घोराही मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल हुने

    मा प्रकाशित

घोराही,१८ चैत ।

दाङको घोराहीमा मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता–२०८१ हुने भएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा यहि चैत २० गतेदेखि २३ गतेसम्म प्रतियोगिता हुन थालेको हो ।

प्रतियोगितामा प्रदेशका १२ जिल्लाका खेलाडीको सहभागीता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति मातहत सम्बन्धित जिल्लाबाट खेलाडी सहभागी हुने गरि मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता घोराही उपमहानगरपालिका–१५ स्थित जिल्ला समन्वय समितिको सहिद मञ्चमा हुने भएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिएका छन् ।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघको नियमानुसार खेलाइने छ । प्रदेशमा दक्ष महिला खेलाडी उत्पादन गर्न र भलिबलको विकासका लागि प्रदेशस्तरीय प्रतियोगिता गर्न थालिएको सदस्य सचिव गौतमले जानकारी दिएका छन् । सहभागी टिममा १२ जना खेलाडी, १ जना टिम प्रशिक्षक र १ जना टिम व्यवस्थापक गरी जम्मा १४ जना सहभागी हुनेछ । टिमबाट खेल्ने खेलाडी सम्बन्धित जिल्लाको हुनुपर्ने छ ।

प्रतियोगिताको उपाधि जित्ने टिमले नगद एक लाख, मेडल, ट्रफी र प्रमाणपत्र र उपविजेता टिमले नगद पैसट्टी हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रदेश खेलकुद परिषदका सदस्य कैलाश रोकामगरले जानकारी दिए । तृतीय पुरस्कार नगद पैतिस हजार, मेडल, ट्रफी र प्रमाणपत्र र सान्त्वना हुने टिमले नगद पन्ध्र हजार प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद दश हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनुका साथै ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही पाँच हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्