मा प्रकाशित
कनिका खबर
साउन १२, दाङ ।
भारतमा कोरोना सङ्क्रमितको संख्या १४ लाख नाघेको छ । विश्वकै तेस्रो कोरोना सङ्क्रमित मुलुक भारतमा पछिल्लो २४ घन्टामा ४९ हजार ९ सय ३१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १४ लाख ३६ हजार १९ पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७ सय ८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३२ हजार ८ सय १२ पुगेको छ ।