शिक्षकहरु सडक सङ्घर्षमा, समितिका सभापति भन्छन् आन्दोलन आवश्यक छैन – Kanika Khabar
Friday, May 15Nepali News Portal

शिक्षकहरु सडक सङ्घर्षमा, समितिका सभापति भन्छन् आन्दोलन आवश्यक छैन

    मा प्रकाशित

काठमाडौँ, २० चैत्र ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरुले आज बुधबारदेखि काठमाडौं आन्दोलन सुरु गरेका छन् । आन्दोलनका लागि देशैभरबाट शिक्षकहरु काठमाडौ आइपुगेका छन् ।

शिक्षक महासंघको अगुवाइमा सुरु आन्दोलनको आज पहिलो दिन बुधबार र्‍याली निकालिएको शिक्षकहरुले जनाएका छन । विगतका सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरु पुनः आन्दोलित बनेका हुन् । सहमतिअनुसार ऐन जारी भए तत्काल आन्दोलन स्थगित गर्ने उनीहरुको प्रतिबद्धता छ ।

शिक्षकहरू सडक सङ्घर्षमा उत्रिएको भए पनि प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले शिक्षकले मागेको भन्दा बढी माग पूरा गर्ने बताउदा बताउदै शिक्षकहरू आन्दोलनमा आएको बताएका छन् । उनले यो आर्थिक वर्षमा ऐन पेस गरिने बताए पनि शिक्षकहरू आन्दोलमा उत्रिएको बताएका छन् । साथै उनले आन्दोलन गर्नुपर्ने कारण नभएको बताएका छन् ।

शिक्षा समितिले उपसमिति बनाएर काम गरिरहेको सभापति थापाले बताए ।तर, विधेयक पास गर्न माग गर्दै आजदेखि देशभरबाट शिक्षकहरू काठमाडौं आइपुगेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्