सनसाइन बोर्डिङ स्कुल उदघाटन – Kanika Khabar
Sunday, April 27Nepali News Portal

सनसाइन बोर्डिङ स्कुल उदघाटन

    मा प्रकाशित


घोराही । दाङको घोराहीमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी सनसाइन पब्लिक बोर्डिङ स्कुल उदघाटन गरिएको छ । गोदावरी इङ्लिस मिडियम स्कुलको पहिलो शाखाको रूपमा घोराही उपमहानगरपालिका वडा नम्बर १६ लेटारमा शैक्षिक सत्र २०८२ मा युकेजीसम्म कक्षा सञ्चालन हुने गरी उक्त विद्यालयको उदघाटन गरिएको हो।

गोदावरी इङ्लिस मिडियम स्कुलका प्रिन्सिपल शेषमणी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने रहेका थिए ।

May be an image of 13 people, hospital and text
घोराही १६ को शैक्षिक उन्नयनका लागि सनसाइनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले गोदावरी इङ्लिस मिडियम स्कुलले शिक्षा क्षेत्रमा खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गरेका थिए । शिक्षाले समाज परिवर्तन गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै कार्यक्रमका प्रमुख अतिथिले गोदावरीले विभिन्न समयमा समुदायस्तरमा गरेका क्रियाकलापहरू महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

कार्यक्रमका विशिष्ट अतिथि घोराही उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष ताराबहादुर डाँगीले शिक्षा मानव समाजको अभिन्न अङ्ग रहेको जनाए ।
अर्का विशिष्ट अतिथि गोदावरी इङ्लिस मिडियम स्कुलका प्रबन्ध निर्देशक विष्णुप्रभात दाहालले सहभागीहरूलाई स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयको कार्ययोजना र भविष्यको बारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा सनसाइन पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल हेमराज देवकोटा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ लेक्चरर यमुना केसी, प्रगतिशील बाहुनडाँडा टोल विकास संस्थाका अध्यक्ष बिमला पुन लगायतले मन्तव्य राखेका थिए ,
कार्यक्रमको सञ्चालन गोदावरी स्कुलका इन्चार्ज श्रीधर भण्डारीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्