
दाङ, २४ चैत्र ।
नेपाली काङ्ग्रेसका महासमिति सदस्य किरणकिशोर घिमिरेले रामनवमी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै रामनवमी पर्वले सामाजिक सद्भाव कायम गर्दै आएको बताएका छन् । आज आइतबार । रामनवमी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता घिमिरेले सलियौँदेखि रामनवमी पर्वले समाजमा आपसी सदुभाव, सहिष्णुता कायम गर्दै आएको बताएका हुन् ।
‘ त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ । रामनवमी पर्वले सामाजिक सद्भाव, एकता तथा सामाजिक अनुशासन कायम गरेको छ।’ जारी शुभकामना सन्देशमा उल्लेख छ ।


