मौसम अपडेट : अझैं तीन दिन भारी वर्षा – Kanika Khabar
Friday, April 26Nepali News Portal

मौसम अपडेट : अझैं तीन दिन भारी वर्षा

    मा प्रकाशित

कनिका खबर
साउन १३, दाङ ।
अझैं तीन दिन नेपालमा भारी वर्षा हुने पूवानुमान गरिएको छ । न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा आजदेखि तीन दिन ठूलो पानी पर्ने भएको हो ।
दिउँसो देशभर अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि र पर्सी वर्षा अझ बढ्ने अनुमान गरिएको छ ।
कैलाली र कञ्चनपुरका धेरै स्थानमा भारी वर्षा भइरहेकाले स्थानीय नदीमा बाढी आउन सक्ने भन्दै त्यहाँका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आफ्नो ट्विटरबाट सूचना जारी गरी कैलालीको टीकापुर, चिसापानीलगायत कैलाली र कञ्चनपुरको धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षा हुने देखिएकाले कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधर लगायत साना नदीमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्