प्रधानमन्त्री ओली र काङ्ग्रेस सभापति देउवाबिच भेटवार्ता, प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्को बैठक – Kanika Khabar
Sunday, April 27Nepali News Portal

प्रधानमन्त्री ओली र काङ्ग्रेस सभापति देउवाबिच भेटवार्ता, प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्को बैठक

    मा प्रकाशित

काठमाडौँ, २ वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो। करिब एक घण्टा भएको भेटवार्ता नियमित छलफलको निरन्तरता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकारको रवैयाप्रति कांग्रेसकै नेताहरूले असन्तुष्टि जनाइरहेका बेला ओलीदेउवाबीच छलफल भएको हो।

दुई नेताबीच एकजुट भएर सरकारको कामको प्रभावकारीता बढाउने बारेमा छलफल भएको र बाहिर भनेजस्तो दुई पार्टीबीच कुनै समस्या नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

देउवासँग भेटवार्तापछि प्रधानमन्त्री ओलीले आजै साँझ ६ बजे बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्