काठमाडौँ, ४ वैशाख ।
राष्ट्रिय परीक्षा बोर्डले आन्दोलनरत शिक्षकहरुलाई माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को एसएलसी परीक्षामा सञ्चालनमा सहयोग गरिदिन आग्रह गरेको छ । बोर्डले शिक्षक महासंघ, विद्यालयका प्रधानाध्यापक लगायतलाई एसइईको उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन एवम् कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्न आग्रह गरेको हो ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आज एक विज्ञप्ति जारी गर्दै महासंघको नेतृत्वमा भइरहेको आन्दोलनमा सहभागी शिक्षकहरुलाई आग्रह गर्दै
शिक्षकहरुको आफ्ना पेसागत हकहित र सुरक्षा साथै विद्यार्थीको अध्ययन र भविष्य सँगसँगै जानुपर्ने विषय भएको उल्लेख गर्दै बोर्डले यस्तो अपील गरेको हो ।