चीनका शहरहरुमा कोरोना फैलियो – Kanika Khabar
Friday, September 29Nepali News Portal

चीनका शहरहरुमा कोरोना फैलियो

    मा प्रकाशित

कनिका खबर
साउन १३, दाङ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी अन्य ९ वटा शहरमा फैलिएपछि चिन्ता बढेको छ । पछिल्लो समय चीनको पू्र्वी शहर दालियनमा नयाँ कोरोना सङ्क्रमितहरु फेला परेका छन् । समाचार संस्था एएफपीका अनुसार सङ्क्रमणको दर देखिन थालेपछि त्यहाँ लकडाउन जारी गरिएको छ ।

वुहानमा पहिलो पटक कोरोना सङ्क्रमण देखिएपछि चीन सरकारले कडाईंका साथ त्यसलाई नियन्त्रणमा गरेको थियो । तर, पछिल्लो समय राजधानी बेइजिङ, शिनजियाङ्ग, लिएओनिङ्ग लगायतका प्रान्तमा पनि कोरोना सङ्क्रमण बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा चीनमा ६८ नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् ।

यो अप्रिल महिनापछिको सबैभन्दा धेरै सङ्ख्या हो । जसमा ५७ जना कोरोना सङ्क्रमित शिनजियाङ्ग प्रान्तका छन् भने लिएओनिङ्ग प्रान्तमा ६ जना रहेका छन् । चीनमा कोरोनासङ्क्रमणको दोस्रो चरणको लहर सुरु भएको भन्दै सरकारले विभिन्न राज्यमा कडाईं गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्