दाङ, ८ वैशाख ।
दाङमा आफैले चलाएको गोलीबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको तुलसीपुरमा आफैले गरेको गोली प्रहारबाट नारायण आचार्यको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका –७ मोतिपुर निवासी ८० वर्षका आचार्यको घरमै गोली प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीले जानकारी दिए।
प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । आचार्य लामो समयसम्म रेडक्रस दाङको अध्यक्ष भएर काम गरेका थिए । प्रहरीलाई दिउँसो २ बजे खबर पुगको थियो । हतियार कोठाभित्रै रहेको प्रहरीले जनाएको छ ।