धनकुटाकाे एक पालिकामा निजी विद्यालयका सवारी प्रवेशमा राेक – Kanika Khabar
Saturday, June 13Nepali News Portal

धनकुटाकाे एक पालिकामा निजी विद्यालयका सवारी प्रवेशमा राेक

    मा प्रकाशित

काठमाडौं, ९ वैशाख ।

धनकुटाकाे एक स्थानीय पालिकाले निजी विद्यालयका सवारी साधन प्रवेशमा राेक लगाएकाे छ । जिल्लाकाे महालक्ष्मी नगरपालिकाले पालिकाभित्र निजी विद्यालयका सवारी साधन सञ्चालनमा रोक लगाएको हाे ।

नगरपालिकाले एक सूचना जारी गरी निजी विद्यालयका सवारी साधन प्रवेशमा राेक लगाएको जनाएको छ ।
` यस महालक्ष्मी नगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गरी महालक्ष्मी नगरपालिकाभित्रका बालबालिकाहरुलाई सहज तथा गुणस्तरीय माध्यामिक शिक्षा प्रदान गर्ने उद्देश्यले अभिभावक तथा सरोकारवालाहरुको समन्वयमा महालक्ष्मी नगरपालिका भित्र रहेका सम्पूर्ण निजी विद्यालयहरु बन्द भएका र सामुदायिक विद्यालयहरुमा शैक्षिक सुधारका कार्यक्रम सञ्चालन भइरहेका व्यहोरा सर्वविदितै छ । शैक्षिक सत्र २०८२ मा महालक्ष्मी नगरपालिका भन्दा अन्य गाउँपालिका तथा नगरपालिकाका निजी विद्यालयहरुका स्कुल बसहरु यस महालक्ष्मी नगरपालिकाभित्र प्रवेश गरी बालबालिकाहरु निजी विद्यालय लाने गरेको जनगुनासो प्राप्त भएकोले यो सूचना प्रकाशन भएको मितिबाट महालक्ष्मी नगरपालिकाको क्षेत्राधिकार भित्र कुनै पनि निजी विद्यालयका स्कुल बस अर्थात विद्यालयका सवारी साधनहरु प्रवेशको लागि पूर्ण रुपमा रोक लगाइएको व्यहोरा सरोकारवाला सबैमा जानकारीको लागि यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ।´ जारी सूचनामा उल्लेख छ ।

महालक्ष्मी नगरपालिकाले पालिकाभित्रका सबै निजी विद्यालय बन्द गरिसकेको छ ।

यस अघि महालक्ष्मी नगरपालिकाभित्र रहेका निजी विद्यालय नगरपालिकाले नै खरिद गरी सरकारी स्कुलमा मर्ज गरेकाे प्याब्सन धनकुटाका अध्यक्ष प्रेम प्रसाद सुब्बाले बताए । ` यस अघि निजी विद्यालयलाई खरिद गरी सरकारी विद्यालयमा मर्ज गरिएकाे हाे ।ती विद्यालयलाई नमुना विद्यालय बनाउने पहल गरिएकाे छ । तर, अभिभावककाे माग आएपछि निजी विद्यालयकाे सवारी साधन पठाउने निर्णय हामीले लिएका हाैँ । नजिककाे एक विद्यालयकाे सवारी साधन पठाइएको हाे । अहिले नगरपालिकाले निषेधकाे सूचना जारी गरेकाे छ । यस विषयमा हामी नगरपालिकाकासँग छलफल गर्छाैँ । निजी स्कुलका सवारी साधन निषेध गर्नुले राम्राे सन्देश अवश्य दिदैन । ´ अध्यक्ष सुब्बाले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्