कक्षा १२ को परीक्षा : सामुदायिक विद्यालयका प्रधानाध्यापक केन्द्राध्यक्ष नबस्ने – Kanika Khabar
Friday, June 12Nepali News Portal

कक्षा १२ को परीक्षा : सामुदायिक विद्यालयका प्रधानाध्यापक केन्द्राध्यक्ष नबस्ने

    मा प्रकाशित

दाङ, ९ वैशाख ।
यही वैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षामा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले केन्द्राध्यक्ष नबस्ने निर्णय गरेका छन् । आज दाङको घोराहीमा भएको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष नबस्ने निर्णय गरेका हुन् ।

‘दाङ जिल्लामा १६ बढी सामुदायिक विद्यालयमा कक्षा १२ को सेन्टर रहेको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक आन्दोलनरत रहेका छौँ । यद्यपि सरकारले कक्षा १२ परीक्षा पूर्व घोषित मितिमै सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारको निर्णय एकातिर छ अर्कोतिर हाम्रो आन्दोलन छ । विद्यालय सरकारको हो, विद्यालयको सम्पति सरकारको हो, सरकारले सबै प्रयोग गर्न पाउँछ परीक्षा सञ्चालनमा हाम्रो हवरोध छैन तर हामी केन्द्राध्यक्षको रुपमा नबस्ने निर्णय गरेका छौँ । यो हाम्रो आन्दोलनको स्वरुप पनि हो ।’ एक प्रधानाध्यापकले बताए ।

नेपाल शिक्षक महासंघले आज एक विज्ञप्ति जारी गरी सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्षको रुपमा नबस्न निर्देशन दिएको छ । विद्यालयका शिक्षक , कर्मचारी सबैलाई परीक्षाका गतिविधिमा सहभागी नहुन विज्ञप्तिमा निर्देशन गरिएको छ ।

कक्षा १२ को परीक्षा केन्द्र रहेका दाङ जिल्लाको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले आफूहरु केन्द्राध्यक्ष नबस्ने जानकारी राष्ट्रिय परीक्षा बोर्डलाई दिइसकेको एक शिक्षकले कनिका खबरलाई बताए ।

May be an image of text

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्