यूएईका उपप्रधानमन्त्री शेख अब्दुल्लाह काठमाडौंमा – Kanika Khabar
Saturday, June 13Nepali News Portal

यूएईका उपप्रधानमन्त्री शेख अब्दुल्लाह काठमाडौंमा

    मा प्रकाशित

काठमाडौँ, १० वैशाख ।
संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुई दिने औपचारिक भ्रमणका लागि हिजो मंगलबार साँझ काठमाडौं आइपुगेका छन् ।

यूएईका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी, परराष्ट्र सचिव अमृतबहादुर राई र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका साथ परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सयेघ, आर्थिक तथा व्यापार मामिलाका सहायक मन्त्री सइद मुबारक रशिद अलहजेरी, ऊर्जा तथा दिगोपन मामिलाका सहायकमन्त्री अब्दुल्लाह बलाला र यूएई सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार यूएईका उपप्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेट गर्नुका साथै उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वको प्रतिनिधिमण्डलसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

उपप्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आजै अपराह्न यूएई प्रस्थान गर्ने कार्यक्रम छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्