वैशाख अन्तिमसम्म ‘शिक्षा विधेयक’ पारित गरिने – Kanika Khabar
Friday, May 16Nepali News Portal

वैशाख अन्तिमसम्म ‘शिक्षा विधेयक’ पारित गरिने

    मा प्रकाशित

काठमाडौँ, १० वैशाख । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। बुधबार सिंहदरबारमा सभामुखले बजेट अधिवेशनबारे प्रमुख सचेतकहरूसँग छलफल गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

विगतमा उल्टो अभ्यास भएको भन्दै उनले यो वर्ष नीति तथा कार्यक्रम पारित गर्ने र त्यसको आधारमा मात्र बजेटका प्राथमिकताहरू संसदमा ल्याउने गरी कार्यसूची बनाएको पनि जानकारी दिए।

उनले भने, ‘हामी छैठौं अधिवेशनको तयारी गर्दैछौं। वैशाख १२ गते बस्ने बैठक सबै दलका नेताहरूको शुभकामनाबाट सुरु गर्नेछौं। सकारले १९ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। पहिले उल्टो अभ्यास भएको जस्तो भयो त्यसैले नीति तथा कार्यक्रम पारित गर्ने र त्यसको आधारमा मात्र बजेटका प्राथमिकताहरू संसदमा ल्याउने कुरा व्यवहारिक हुने कुराले १९ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नेगरी कार्यसूचीमा राखेको छौं।’

बैठकमा शिक्षा विधेयकलाई पारित गर्न प्राथमिकता दिने कुरामा पनि ऐक्यवद्धता भएको छ। संसदमा आउने वित्तिकै दर्ता भएपछि एक दिन पनि पर नधकेलिकन कार्यसूचीका अन्य कामलाई होल्ड गरेर भएपनि शिक्षा विधेयकलाई पारित गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए।

उनले भने, ‘शिक्षा विधेयकलाई छिटो भन्दा छिटो टुङ्ग्याउँछौैं। उपसमितिले प्राप्त गरेको समयभित्र समितिलाई पेस गर्ने र समितिले केही दिन भित्र नै टुङग्याएर संसदमा आउने वित्तिकै दर्ता भएपछि एक दिन पनि पर नधकेलिकन बरु कार्यसूचीमा भएका अन्य कामलाई होल्ड गर्छौं तर शिक्षा विधेयकलाई पारित गर्न प्राथमिकता दिने कुरा भएको छ। यसमा सबैको ऐक्यवद्धता छ। यो महिनाको अन्तिमसम्म शिक्षा विधेक पारित गर्नेछौं।’

त्यस्तै १४, १५ र १६ गते लगातार तीन दिन बैठक चलाउने र अड्किएका विधेयकहरूलाई टुङ्गो लगाउने पनि उनले बताए।

‘१४,१५र १६ गते हामी लगातार तीन दिन बैठक चलाउँछौं र त्यस दिनमा केही विधेयकहरूलाई टुङ्ग्याउँछौं। पाँचौं अधिवेशनमा प्रतिपक्षको विरोधका कारण अड्केका विधेयकहरू टुुङ्ग्याउँछौं,’ उनले भने।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्