आवश्यक परे हामी सरकारबाट बाहिरिन्छाैँ : महामन्त्री थापा – Kanika Khabar
Thursday, June 25Nepali News Portal

आवश्यक परे हामी सरकारबाट बाहिरिन्छाैँ : महामन्त्री थापा

    मा प्रकाशित


काठमाडौँ, ११ वैशाख ।
नेपाली काङ्ग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले आवश्यक परे वर्तमान सरकारबाट बाहिरिने बताएका छन् । लोकतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा महामन्त्री थापाले वर्तमान सरकारमा रहिरहनु काङ्ग्रेसको बाध्यता भएको बताउँदै आवश्यक परे सरकारबाट बाहिरिन सक्ने बताएका हुन् ।

‘आज हामी बाध्यतामा छौं । सरकारमा हामी एक्लै छैनौं । कतिपय हामीले कम्परमाइज गरेका छौं । तर आधारभूत कुराहरूमा हामी कम्परमाइज गर्दैनौं । हामीले भन्न सक्नुपर्छ, पर्‍यो भने हामी यस्तो सरकारबाट बाहिर जान्छौं । सरकार सबैभन्दा ठूलो कुरा होइन ।’ महामन्त्री थापाले थपे, ‘हामीले समस्याको कुरा मात्रै गरेर हुँदैन समाधान पनि दिनुपर्छ। आज हामी बाध्यतामा छौँ, एक्लै छैनौँ सरकारमा छौँ। कतिपय हामीले कम्प्रमाइज गरेका छौँ। तर आधारभूत कुरामा हामी कम्प्रमाइज गर्दैनौँ। हामीले भन्न सक्नुपर्छ, पर्‍यो भने यस्तो सरकारबाट बाहिर जान्छौँ हामी। सरकारै सबैभन्दा ठूलो कुरा होइन। मैले यो सरकारको मात्रै कुरा गरेको होइन।’

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्