आन्दोलनरत शिक्षकहरुका जायज माग पूरा गरी तीन दिनभित्र विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्चको आदेश – Kanika Khabar
Friday, June 26Nepali News Portal

आन्दोलनरत शिक्षकहरुका जायज माग पूरा गरी तीन दिनभित्र विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्चको आदेश

    मा प्रकाशित

काठमाडौँ, ११ वैशाख ।
सर्वोच्च अदालतले काठमाडौं गत चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न आदेश दिएको छ।

बिहीबार न्यायाधीश नहकुल सुवेदीको एक इजलासले शिक्षकहरूका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्न सरकारका नाममा उचित र आवश्यक निर्णय गरी ३ दिनभित्र शिक्षकहरू विद्यालय फर्की पठनपाठन गराउने वातावरण सुनिश्चित गर्न आदेश दिएको हो।

सर्वोच्चले कक्षा १२ को परिक्षा पनि समयमै गर्न र एसईईको नतिजा प्रकाशनमा ढिलाइ हुने अवस्था आउन नदिन आदेश दिएको छ।

शिक्षक आन्दोलनका कारण देशभरका लाखौं विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै अधिवक्ता श्रवणकुमार चौधरीले गत चैत १० गते रिट दायर गरेका थिए।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्